Skip to content

प्रधानमन्त्री कार्यालयले माग्यो मन्त्रालयका सवारी साधन, ब्राण्ड, प्रयोगकर्ताको विवरण

nabil bank

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालय, विभाग तथा कार्यालयमा प्रयोग भएका सवारी साधनको विवरण मागेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज सबै मन्त्रालयलाई सवारी साधनहरूको विवरण उपलब्ध गराउन भनेको छ ।

‘‘मन्त्रालय र अन्तर्गत विभागरकार्यालयमा प्रयोगमा रहेको र मर्मत कार्य भइरहेका दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनहरूको विवरण दयार पारी यस कार्यालयमा मिति ०८३-०१-०३ कार्यालय समयभित्र प्राप्त हुने गरी पठाउने व्यवस्था मिलाउनुहुन सचिवस्तरीय निर्णयानुसार अनुरोध छ’’ पत्रमा उल्लेख छ ।
यस्तै सवारीको ब्रान्ड, सवारी साधन नम्बर, डिजेलरपेट्रोलरविद्युतीय खुलाउने, प्रयोगकर्ताको नाम, प्रयोगकर्ताको पद र सवारी साधनको अवस्था खुलाउन निर्देशन दिइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi