Skip to content

पुँजीकोषको अभाव हटाउन नबिल बैंकले ८ प्रतिशत प्रतिफल दिने अग्राधिकार सेयर जारी गर्ने

काठमाडौं । प्राथमिक पुँजीकोष अनुपात कम भएर व्यवसाय बढाउन नसक्ने भएपछि नबिल बैंकले अग्राधिकार सेयर जारी गर्ने भएको छ । 

नबिल बैंकको सञ्चालक समितिले राष्ट्र बैंकले स्वीकृति दिएमा पप्रेचुअल प्रकृतिको ५ अर्ब रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ । र यस्तै ८ वर्षको ऋणपत्र समेत निष्कासन गर्ने प्रस्ताव नबिल बैंकको छ । 

नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवालीले पुँजीकोष अनुपातलाई सहज बनाउनको लागि अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव गरेको जानकारी दिए । 

‘राष्ट्र बैंकको पुँजीकोष सम्बन्धि निर्देशिकामा यस्तो खाले उपकरण जारी गर्न पाउने व्यवस्था छ,’ज्ञवालीले भने,‘राष्ट्र बैंकले तोकेको पुँजीकोष पुर्याउनको लागि तोकिएको उपकरण जारी गर्न लागेको हो।’

नबिल बैंकलाई राष्ट्र बैंकले अग्राधिकार सेयर जारी गर्न अनुमति दिएमा पुँजीकोषको अभाव भोगेका अन्य बैंकलाई पनि बाटो खुल्ने छ ।

नबिल बैंकले जारी गरेको सूचनामा नेपाल राष्ट्रबैंक लगायत नियमनकारी निकायको स्वीकृति प्राप्त भएको खण्डमा रु। १०० का दरले ५ करोड इकाई अर्थात ५ अर्ब बराबरको ८ प्रतिशत लाभांश दर कायम गरी मुनाफा भएको वर्ष मात्र मुनाफा वितरण हुने र सेयरको रकम फिर्ता नहुने९प्रिपेचुअल० प्रकृतिको अग्राधिकार सेयर व्यक्तिगत तवर९प्राइभेट प्लेसमेन्ट०बाट मात्र बिक्री गरिने गरी जारी गर्ने निर्णय भएको बैंकले जनाएको छ । 

 चालु आर्थिक वर्षको पुस मसान्तसम्मको तथ्यांक अनुसार नबिल बैंकको प्राथमिक पुँजीकोष अनुपात ८.९३ प्रतिशत छ । राष्ट्र बैंकको व्यवस्था अनुसार ८.५ प्रतिशत प्राथमिक पुँजीकोष अनुपात हुनुपर्छ । 

पुस मसान्तसम्म विवरण अनुसार एनआईसी एशिया,प्रभु र कुमारी बैंकको प्राथमिक पुँजीकोष अनुपात साढे ८ प्रतिशतभन्दा तल आइसकेको छ । यसको अर्थ ३ वटा बैंकले चालु आर्थिक वर्षको नाफाबाट आगामी वर्ष लाभांश दिन सक्ने छैनन् । माछापुच्छ्रे बैंकको ८.६६ प्रतिशत छ । 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi