काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय समितिको उम्मेदवारको टुंगो लगाएको छ ।
आज संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले समितिमा विषयगत समितिको सभापतिका उम्मेदवार टुंगो लगाएको जनाएको छ । रास्वपाले अर्थ समितिमा कृष्णहरी बुढाथोकीलाई उम्मेदवार बनाएको छ ।
यस्तै सार्वजनिक लेखा समिति प्रतिपक्ष दललाई दिने जनाएको छ ।
रास्वपाले कानून, न्याय तथा मानवअधिकार समितिमा समीक्षा बाँस्कोटा, राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोककुमार चौधरी, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रहवर अन्सारी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा डा ओजस्वी शेरचन, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्निमा उदास रहेका छन् ।
यस्तै संसदीय सुनुवाइमा बोधनारायण श्रेष्ठ, पूर्वाधार विकासमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङकन समितिमा गणेश कार्की रहेका छन् ।
समितिका सभापतिको निर्वाचन भोली शुक्रबार मनोनयन हुनेछ ।
बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले २ संयुक्तसहित १० एकल समितिका सभापतिको उम्मेदवार टुङ्ग्याएको हो ।














प्रतिक्रिया दिनुहोस्