चितवन । नारायणगढमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना अभिकर्ता लिडरहरूको क्षमता अभिवृद्धि तथा मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न गरेको छ। बैशाख ६, ७ र ८ गते तीन दिनसम्म चलेको उक्त कार्यक्रममा व्यवसायिक सीप विकासदेखि मनोरञ्जनसम्मका बहुआयामिक सत्रहरू आयोजना गरिएको कम्पनीले जनाएको छ।
कार्यक्रमको उद्घाटन प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले पानसमा दीप प्रज्वलन गरी गरेका थिए। उनले व्यवसायिक जीवनमा अझ सशक्त अभिकर्ता तयार गर्न यस्ता क्षमता अभिवृद्धि कार्यक्रम अत्यन्तै उपयोगी हुने बताउँदै ज्ञान र मनोरञ्जनलाई समान रूपमा अघि बढाउने कम्पनीको नीति निरन्तर रहने उल्लेख गरे।
कार्यक्रममा करिब एक सय पचासभन्दा बढी अभिकर्ता लिडरहरूको सहभागिता रहेको थियो। अन्तर्राष्ट्रिय स्तरका लाइफ इन्स्योरेन्स कोच काजिम रजाद्वारा बीमा बिक्री कला तथा व्यवसायिक क्षमता विकाससम्बन्धी विशेष सत्र सञ्चालन गरिएको थियो। व्यवहारिक बिक्री सीपबारेको सत्रले सहभागीलाइ थप उर्जा र उत्साह प्रदान गरेको सहभागीहरूले बताएका छन्।
मनोरञ्जनात्मक प्रस्तुतीमा कलाकार चक्र दवाडी, सुबोध गौतम र सिता न्यौपानेको आकर्षक प्रस्तुती रहेकाले वातावरण झन् उत्साहपूर्ण बनेको थियो। अभिकर्ता लिडरहरूलाई भरपूर मनोरञ्जन प्राप्त भएको कार्यक्रम आयोजकले जनाएको छ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले अभिकर्ताहरूको मनोबल तथा सीप वृद्धिका लागि मोटिभेसनल, रिफ्रेसमेन्ट, सम्मान तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू निरन्तर रूपमा आयोजना गर्दै आएको छ।












प्रतिक्रिया दिनुहोस्