Skip to content

आगलागीबाट १२ घर जले

nabil bank

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर– ५ भैरमपुरका १२ घर जलेका छन् । त्यसबाट ४ करोड बढीको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यायलका सूचना अधिकारी वीरदत्त पन्तका अनुसार सबै घर खरानी भएका छन् ।

घरमा रहेका जिन्सी र नगदसहित ४ करोड ४४ लाख ८० हजार बराबरको क्षति भएको अनुमान गरिएको छ ।

यसैबीच, प्रतापपुर गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीले अग्निपीडितलाई राहत सामग्री वितरण गरेका छन् ।

प्रतिनिधिसभा सदस्य विक्रम खनालले पनि पीडितहरुलाई राहत सामग्री उपलब्ध गराउन आफू क्रियाशील रहेको बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi