Skip to content

एनआईसी एशिया बैंकका ग्राहकरुलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट

nabil bank

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र एभरेष्ट हस्पिटलबीच बैंकका ग्राहकहरूलाई स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी भएको छ।

उक्त समझदारी पत्रमा बैंकका तर्फबाट चिफ ट्रान्जेक्सन बैंकिङ प्रमुख नरेन्द्र मैनाली र हस्पिटलका तर्फबाट प्रशासन प्रमुख दिपक चन्द्र बराल ले हस्ताक्षर गरेका छन् ।

समझदारीअनुसार बैंकका ग्राहकहरूले काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट हस्पिटलमा उपलब्ध विभिन्न सेवाहरू (आउटसोर्स सेवा, डाक्टर परामर्श तथा एम्बुलेन्स शुल्क बाहेक) मा डिजिटल माध्यमबाट भुक्तानी गर्दा अधिकतम १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

यसैगरी, शल्यक्रियामा ५ प्रतिशत र हस्पिटलको फार्मेसीबाट औषधि खरिद गर्दा १० प्रतिशत छुट उपलब्ध हुने जनाइएको छ । यो सुविधा लिन ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा मोबाइल बैंकिङ एप ‘मोबैंक’ प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
citizen life
MAK 4T
Arghakhachi