काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र थापाले कार्यभार सम्हालेका छन । जेठ १८ गते अर्थात् आज उनले नियुक्त पत्र बुझ्दै औपचारीक रूपमा कार्यभार सम्हालेका हुन् ।
कम्पनीको सञ्चालक समितिको बैठकले थापालाई चार वर्षका कार्यकालका लागि नियुक्त गरेको हो । नेपाल पुनर्बिमा कम्पनीको सीईओ छनौट समितिले सर्टलिष्टमा परेका पाँच जनामध्येबाट प्रस्तुतिकरण लिइसकेपछि थापालाई बोर्डले सीईओ नियुक्त गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्