Skip to content

नेपाल बैंकको नाफा ०.३४ प्रतिशतले बढ्यो, खराब कर्जा ४.९६ प्रतिशत

nabil bank

काठमाडौं । नेपाल बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय स्थिती सार्वजनिक गरेको छ । यो अवधिमा बैंकले २ अर्ब ७९ करोड २९ लाख रुपैयाँ कमाएको छ ।

यो नाफा गत आवको सोही अवधिको तुलनामा ०.३४ प्रतिशत धेरै हो । गत आवको सोही अवधिमा बैंकले २ अर्ब ७८ करोड ३४ लाख ९४ हजार रुपैयाँ नाफा कमाएको थियो । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी, सञ्चालन नाफा बढेको छ ।

बैंकको खुद ब्याज आम्दानी २.९९ प्रतिशतले बढेर ७८ अर्ब ३१ करोड ३२ लाख ५ हजार रहेको छ । यस्तै सञ्चालन नाफा १२.५२ प्रतिशतले बढेर ४ अर्ब ८५ करोड २८ लाख ६१ हजार रहेको छ ।
चैत मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा ३२ करोड १३ लाख ३४ हजार रुपैयाँ रहेको छ । बैंकको लाभांश दिने क्षमता २.९२ रुपैयाँ रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी २५.३४ रुपैयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ २७२.७९ प्रतिशत रहेको छ । बैंकको खराब कर्जा ४.९६ प्रतिशत रहेको छ ।

१४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २५ अर्ब ३९ करोड १ लाख रुपैयाँ छ । बैंकले चैत मसान्तसम्ममा ३ खर्ब ८४ अर्ब ३७ करोड ७९ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३९ अर्ब ४४ करोड ४६ लाख कर्जा लगानी गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi