काठमाडौं । सञ्चालनमा रहेका वाणिज्य बैंकले चालु आर्थिक वर्षको ९ महिनासम्ममा ४९ अर्ब २१ करोड २२ लाख ४० हजार रुपैयाँ नाफा कमाएका छन् ।
यो नाफा गत आवको सोही अवधिको तुलनामा १९.३० प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा २० वाणिज्य बैैकहरुले ४१ अर्ब २५ करोड ११ लाख ३८ हजार रुपैयाँ नाफा कमाएका थिए ।
२० वाणिज्य बैंकमा ६ वटा बैंकको नाफा घटेको छ भने बाँकी १२ वटा बैंकको नाफा बढेको छ । नाफा घटेका बैंकमा ग्लोबल आइएमई, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट मेगा, स्टयान्डर्ड चार्टर्ड, कृषि विकास, प्रभु र एनआईसी एशिया बैंक रहेका छन् । बाँकी बैंकको नाफा बढेको छ ।
चैत मसान्तसम्म धेरै नाफा कमाउनेमा नबिल बैंक रहेको छ । बैंकले ६ अर्ब ७६ करोड ४६ लाख ४६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ३३.९२ प्रतिशतले धेरै हो ।
नाफाको आधारमा हेर्दा नबिल बैंक र ग्लोबल आइएमई बैंक पहिलो र दोस्रो स्थानमा रहेका छन् । ग्लोबल आइएमईले ४ अर्ब ४० करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ ।
ग्लोबललाई पछ्याई रहेको कुमारीले ४ अर्ब १७ करोड ८० लाख रुपैयाँ नाफा कमाएको छ ।
यो अवधिमा सबैभन्दा कम नाफा कमाउनेमा एनआईसी एसिया बैंक रहेको छ । बैंकले १४ करोड ३ लाख २४ हजार मात्रै छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १०.४९ प्रतिशतले कम हो ।













प्रतिक्रिया दिनुहोस्