Skip to content

वाणिज्य बैंकको निष्कृय कर्जा बढ्यो, सबैभन्दा कम एभरेष्टको, अन्यको कति ?

nabil bank

काठमाडौं । सञ्चालनमा रहेका वाणिज्य बैंकहरुको निष्कृय कर्जा औषतमा बढ्दै गएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म वाणिज्य बैंकहरुको निष्कृय कर्जा बढेको छ ।

गत आवको तेस्रो त्रैमाससम्म बैंकहरुको कर्जा औषतमा ४.८२ प्रतिशत रहेको थियो । चालु आवको सोही अवधिमा बैंकहरुको निष्कृय कर्जा ०.४२ प्रतिशत बिन्दुले बढेर ५.२४ प्रतिशत पुगेको छ ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १० वटाको निष्कृय कर्जा बढेको छ भने बाँकी १० वटा बैंकको निष्कृय कर्जा घटेको छ ।

चैत मसान्तसम्म निष्कृय कर्जा घटाएका बैंकमा कुमारी, लक्ष्मी सनराइज, ग्लोबल आइएमई, नेपाल, राष्ट्रिय वाणिज्य, नबिल, माछापुच्छ«े, सिद्धार्थ, नेपाल एसबिआई र एभरेष्ट बैंकको घटेको छ ।

बाँकी बैंकको निष्कृय कर्जा बढेको छ । चैत मसान्तसम्म सबैभन्दा धेरै निष्कृय कर्जा एनआईसी एशिया बैंकको रहेको छ । बैंकको निष्कृय कर्जा ३.१ प्रतिशत बिन्दुले बढेर ८.८५ प्रतिशत रहेको छ ।

यस्तै प्रभु बैंकको निष्कृय कर्जा ३.७५ प्रतिशत बिन्दुले बढेर ८.८४ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकको २.३५ प्रतिशत बिन्दुले बढेर ८.४१ प्रतिशत, सिटिजन्स बैंकको १.११ प्रतिशत बिन्दुले बढेर ६.८२ प्रतिशत, प्राइम बैंकको ०.७४ प्रतिशत बिन्दुले बढेर ६.३९ प्रतिशत, कृषि विकास बैंकको ०.०८ प्रतिशत बिन्दुले बढेर ५.०७ प्रतिशत, एनएमबि बैंकको ०.४८ प्रतिशत बिन्दुले बढेर ४.९५ प्रतिशत, सानिमा बैंकको ०.५७ प्रतिशत बिन्दुले बढेर ३.९९ प्रतिशत, स्टयान्डर्ड चार्टर्ड बैंकको ०.३७ प्रतिशतले बढेर १.८१ प्रतिशत पुगेको छ ।

यस्तै कुमारी बैंकको ०.०४ प्रतिशत बिन्दुले घटेर ६.९४, लक्ष्मी सनराइज बैंकको ०.५७ प्रतिशत बिन्दुले घटेर ५.२९ प्रतिशत, ग्लोबल आइएमई बैंकको ०.०१ प्रतिशत बिन्दुले घटेर ४.९७ प्रतिशत, नेपाल बैंकको ०.९४ प्रतिशत बिन्दुले घटेर ४.९६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ०.२१ प्रतिशत बिन्दुले घटेर ४.४८ प्रतिशत, नबिल बैंकको ०.५९ प्रतिशत बिन्दुले घटेर ४.३७ प्रतिशत, माछापुच्छ्रे बैंकको ०.५८ प्रतिशत बिन्दुले घटेर ४.०१ प्रतिशत, सिद्धार्थ बैंकको ०.३३ प्रतिशत बिन्दुले घटेर ३.७१ प्रतिशत, नेपाल एसबिआई बैंकको १.५३ प्रतिशत बिन्दुले घटेर २.५३ प्रतिशत र एभरेष्ट बैंकको ०.०३ प्रतिशत बिन्दुले घटेर ०.६१ प्रतिशत रहेको छ । सबैभन्दा थोरै निष्कृय कर्जा पनि एभरेष्ट बैंकको रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi