काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य संशोधन गरेको छ ।
निगमले बिहीबार राति १२ बजेदेखि लागु हुने गरि पेट्रोल, डिजेल मट्टितेलको मुल्य घटाएको छ भने एलपी ग्याँस तथा हवाई इन्धनको मुल्य बढाएको हो ।
निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टीतेलमा प्रतिलिटर १२ रुपैयाँले घटाएको छ । आन्तरिक तर्फको हवाई इन्धनमा प्रति लिटर ७ रुपैयाँ र अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धन काठमाडौँको लागि प्रति किलो लिटर ४६ डलरले बढाएको छ ।
त्यस्तै खाना पकाउने एलपी ग्याँसमा प्रति सिलिन्डर १५० ले बढाएको निगमले जनाएको छ ।
यसपछि काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर २१७, डिजेल र मट्टीतेल प्रतिलिटर २२५ पर्ने भएको छ । त्यस्तै एलपी ग्याँसको मुल्य आधा सिलिन्डरको १०८० र पुरा सिलिन्डरको २१६० पर्ने निगमले जानकारी दिएको छ ।












प्रतिक्रिया दिनुहोस्