काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्म वाणिज्य बैंकले प्रवाह गरेको कर्जा लगानीमा समान्य वृद्धि भएको छ ।
गत आवको चैत मसान्तसम्म सञ्चालनमा रहेका २० वाणिज्य बैंकले ४८ खर्ब ७ अर्ब ४८ करोड ७४ लाख ३ हजार कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा ६.१२ प्रतिशतले बढेर ५१ खर्ब १ अर्ब ८६ करोड ३५ लाख ७ हजार रुपैयाँ पुगेको छ ।
सञ्चालनमा रहेका २० बैंकमा ५ बैंकको कर्जा प्रवाह घटेको छ भने बाँकी १५ बैंकको कर्जा बढेको छ । कर्जा घटेका बैंकमा नेपाल इन्भेष्टमेन्ट मेगा, हिमालयन, प्रभु, एनआईसी एशिया र स्टयान्डर्ड चार्टर्ड बैंक रहेका छन् ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कर्जा प्रवाह ०.१७ प्रतिशतले घटेर ३ खर्ब ४१ अर्ब ५० करोड ५२ लाख ७८ हजार रहेको छ भने हिमालयन बैंकको ०.१० प्रतिशतले घटेर २ अर्ब ४३ अर्ब ८ करोड ८३ लाख १९ हजार, प्रभु बैंकको १.०९ प्रतिशतले घटेर २ खर्ब २८ अर्ब ६८ करोड ४८ लाख ८३ हजार, एनआईसी एशिया बैंकको २ खर्ब ९ अर्ब ९४ करोड ४९ लाख १४ हजार र स्टयान्डर्ड चार्टर्ड बैंकको १४ प्रतिशतले घटेर ७७ अर्ब २७ करोड ४ लाख ९६ हजार रहेको छ । चैत मसान्तसम्म सबैभन्दा कम कर्जा दिनेमा स्टयान्डर्ड चार्टर्ड नै रहेको छ ।
सबैभन्दा बढी कर्जा प्रवाह गर्नेमा नबिल बैंक रहेको छ । बैंकले ४ खर्ब ६४ अर्ब १० करोड २७ लाख ९८ हजार कर्जा प्रवाह गरेको छ । दोस्रोमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकले ४ खर्ब ५६ अर्ब ८ करोड ८३ लाख ६ हजार रहेको छ ।












प्रतिक्रिया दिनुहोस्