काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सहकारीबाट कर्जा लिएर नतिरेका ऋणीलाई समयमै भुक्तानी गर्न निर्देशन दिएको छ ।
समितिले सूचना जारी गर्दै समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जाको साँवा, ब्याज र हर्जाना भुक्तानी गर्न भनेको हो । समितिले सहकारी ऐन २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषणा भएका सहकारीको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि कर्जा भुक्तानी गर्न ऋणीलाई निर्देशन दिएको हो ।
त्यस्तै समितिले समस्याग्रस्त सहकारी संस्थाका सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक, जमानीहरूले समितिको कार्यालयमा सम्पर्क गर्न समेत निर्देशन दिएको छ ।












प्रतिक्रिया दिनुहोस्