Skip to content

छुट्ला है सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिन

nabil bank

काठमाडौं । सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिजले निष्कासन गरेको साधारण सेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले बैशाख २१ गतेदेखि श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि सेयर निष्कासन गरेको छ । उक्त आईपीओमा आज कार्यालय समयसम्म मात्रै आवेदन दिन सकिने छ ।

कम्पनीले जारी पुजी ३४ करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँको ८ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको छ । जसमा १० प्रतिशतले हुन आउने ८५ लाख रुपैयाँको ८५ हजार कित्ता सेयर श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको छ ।

कम्पनीको आईपीओमा न्यूनतम १० देखि अधिकतममा ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट सी आश्वा सदस्य लिएका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi