काठमाडौं । संवैधानिक परिषदले गरेको प्रधानन्यायाधीश सिफारिसविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता प्रेमराज सिलवालले शुक्रबार सर्वोच्चमा रिट दिएका हुन् । चौथो नम्बरका न्यायाधीश डा. मनोजकुमार शर्मालाई सिफारिस गर्नु संविधानविपरीत भएको भन्दै रिट दायर भएको छ ।
रिटमा कार्यवाहक प्रधानन्यायाधीश सपना प्रधान मल्ललाई सिफारिस गर्न माग गर्दै निर्णय खारेजको माग गरिएका छ ।
चौथो नम्बरका न्यायाधीश डा. शर्मालाई सिफारिस गरिनु संविधानको शक्तिपृथकीकरणको सिद्धान्त विपरीत भएको र यसले स्वतन्त्र न्यायपालिका ध्वस्त हुने दाबी गरिएको छ ।












प्रतिक्रिया दिनुहोस्