काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२–८३ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। चैत मसान्तसम्म आउँदा कम्पनीको खुद नाफा ३६ करोड ७९ लाख १६ हजार रुपैयाँ पुगेको छ। कम्पनीको नाफा गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा ०.४३ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको यही अवधिसम्ममा इन्स्योरेन्सको नाफा ३६ करोड ६३ लाख ३३ हजार रुपैयाँ थियो।
इन्स्योरेन्सले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ५ अर्ब १ करोड ५१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिसम्ममा कम्पनीले खुद बीमा शुल्क ३ अर्ब ६० करोड ३३ लाख रुपैयाँ थियो । कम्पनीको खुद बीमा शुल्क एक वर्षको अवधिमा ३९.१८ प्रतिशतको बढेको हो ।
लगानी, कर्जा तथा अन्य स्रोतहरूबाट हुने आम्दानी सहित इन्स्योरेन्सको कुल आम्दानी ६ अर्ब १७ करोड ८५ लाख रुपैयाँ पुगेको छ। यसैगरी, इन्स्योरेन्सको जीवन बीमा कोष निकै मजबुत देखिएको छ। गत आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा ११ अर्ब ८४ करोड रहेको यो कोष अहिले बढेर १६ अर्ब ८३ करोड १० लाख रुपैयाँ पुगेको छ।
यस अवधिसम्म आउँदा इन्स्योरेन्सले यस अवधिमा ९५ करोड ४६ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । इन्स्योरेन्सको कर्जा लगानी लगानी २० अर्ब ८१ करोड रुपैयाँ पुगेको छ भने बीमालेख धितोमा १ अर्ब २३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
यसैगरी, कम्पनीको सेयरपुँजी ५ अर्ब रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ९.८१ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ९.७७ रुपैयाँ थियो। पीई रेसियो ४५.४६ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १३१.४९ रुपैयाँ रहेको छ।
प्रतिक्रिया दिनुहोस्