काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा टर्किस एयरलाइन्सको जहाजको चक्कामा आगो लागेको छ ।
आज बिहान इस्तानबुलबाट आएको टीके७२६ कल साइनको विमान ल्याण्ड गर्दा चक्कामा आगो लागेको हो ।
सबै यात्रु सुरक्षित रहेका छन् । यात्रुहरुलाई इमर्जेन्सी ढोका खोलेर उद्धार गरिएको थियो । अहिले विमानलाई ट्याक्सीवेमा राखिएको छ । घटनालगत्तै दमकल पुगेर आगो निभाएको छ ।
विमानमा २७३ जना यात्रु र ११ जना चालक दलका सदस्य रहेको बताइएको छ । आगो लाग्नुको कारणबारे र अन्य प्राविधिक अवस्थाबारे जाँच भइरहेको बताइएको छ ।












प्रतिक्रिया दिनुहोस्