Skip to content

चालु खाता र शोधनान्तर स्थिति दुवैमा सुधार, बचतमा दोब्बरभन्दा बढी वृद्धि

काठमाडौं । चालु आर्थिक वर्षको चैतमसान्तसम्म आउँदा नेपालको बाह्य क्षेत्रमा सुधार भएको देखिएको छ। चैत समान्तसम्म चालु खाता रु.६१८ अर्ब ६८ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिको रु.२२२ अर्ब ६७ करोडको तुलनामा उल्लेख्य वृद्धि हो। अमेरिकी डलरमा हेर्दा पनि चालु खाता बचत १ अर्ब ६४ करोडबाट बढेर ४ अर्ब ३२ करोड पुगेको छ।

यसैगरी, यस अवधिमा खुद पुँजीगत ट्रान्सफर पनि बढेर रु.१४ अर्ब ५० करोड पुगेको छ। अघिल्लो वर्ष सो रकम रु.७ अर्ब ७१ करोड थियो। यसैगरी, प्रत्यक्ष वैदेशिक लगानी (एफडिआइ) को इक्विटी प्रवाह पनि बढेको छ। समीक्षा अवधिमा रु.१४ अर्ब ५५ करोड बराबरको एफडिआइ भित्रिएको छ। अघिल्लो वर्षको रु.८ अर्ब ९४ करोडभन्दा उल्लेख्य रूपमा बढी हो।

बाह्य क्षेत्रको अर्को महत्वपूर्ण सूचक शोधनान्तर स्थिति पनि मजबुत बनेको छ। समीक्षा अवधिमा शोधनान्तर स्थिति रु. ७३१ अर्ब १६ करोडले बचतमा रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको रु.३४६ अर्ब २३ करोडभन्दा दोब्बरभन्दा बढी हो। अमेरिकी डलरमा पनि यो बचत २ अर्ब ५५ करोडबाट बढेर ५ अर्ब १० करोड पुगेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T