काठमाडौं । सेयर बजार कारोबार हुने साताको पहिलो दिन दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आइतबारको कारोबार बन्द हुँदा मल्टीपर्पस फायनान्स लिमिटेड र मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
यी दुई कम्पनीको सेयर मूल्य अघिल्लो कारोबारभन्दा १० प्रतिशतले बढेको हो । आइतबार समग्रमा सेयर बजारमा १३ दशमलव ५१ अंकको वृद्धि भएको दिन यी दुई कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि देखिएको छ । मल्टीपर्पस फायनान्स लिमिटेड सेयर मूल्य अघिल्लो कारोबारभन्दा ४५ रुपैयाँ ३० पैसाले बढेर ४९८ रुपैयाँ ३० पैसामा कारोबार बन्द भएको छ । त्यस्तै मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको सेयर मूल्य प्रतिकित्ता ३७ रुपैयाँ ३० पैसाले बढेर ४२० रुपैयाँ ३० पैसामा कारोबार बन्द भएको छ ।
त्यस्तै आइतबारको कारोबार बन्द हुँदा कालिञ्चोक दर्शन प्रालिको सेयर मूल्यमा पनि ८.८५ प्रतिशतको वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य १०२ रुपैयाँले बढेर १ हजार २५५ रुपैयाँमा कारोबार बन्द भएको छ । त्यस्तै आइतबार अपर सोलु हाइड्रो इनर्जी कम्पनी लिमिटेडको सेयर मूल्य पनि ८.४८ प्रतिशतले बढेर बन्द भएको छ । यो कम्पनीको सेयर मूल्य ३३ रुपैयाँ ६० पैसाले बढेर ४३० रुपैयाँ पुगेको छ ।
आइतबार माइखोला हाइड्रोपावर लिमिटेडको सेयर मूल्य पनि ८ प्रतिशतभन्दा बढीले बढेको छ । आइतबार कम्पनीको सेयर मूल्यमा ८.०२ प्रतिशतले बढेर ४६९ रुपैयाँ ९० पैसा पुगेको छ । यो कम्पनीको सेयर मूल्य आइतबार ३४ रुपैयाँ ९० पैसाले बढेको छ । यता नेपाल फाइनान्स लिमिटेडको सेयर मूल्यमा पनि ७.८० प्रतिशत अर्थात् ४३ रुपैयाँ ४० पैसाको वृद्धि भएको छ ।
यो कम्पनीको सेयर मूल्य आइतबारको कारोबार बन्द हुँदा ६ सय रुपैयाँमा पुगेको छ । अघिल्लो कारोबार दिनमा सकारात्मक सर्किट लागेको अपर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य पनि ७.४४ प्रतिशत अर्थात् २९ रुपैयाँ ७० पैसाले बढेर ४२९ रुपैयाँमा कारोबार बन्द भएको छ ।
त्यस्तै आइतबारको कारोबार बन्द हुँदा साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर मूल्य ६.९६ प्रतिशत अर्थात् ३०७ रुपैयाँले बढेर ४ हजार ७१९ रुपैयाँ पुगेको छ । स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा ६.९१ प्रतिशतको वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्यमा ७७ रुपैयाँ १० पैसाले बढेर १ हजार १९३ रुपैयाँ पुगेको छ । एसियन हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्यमा पनि ६.०६ प्रतिशतको वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य आइतबार २८ रुपैयाँले बढेर ४९० रुपैयाँमा कारोबार बन्द भएको छ ।
प्रतिक्रिया दिनुहोस्