Skip to content

सिटिजन लाइफले कमायो ३६ करोड नाफा, अन्य सूचक कस्ता?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२–८३ को तेस्रो त्रैमास ९साउन–चैत०को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वननिक गरेको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ९ महिनामा ३६ करोड रुपैयाँ नाफा कमाउन सफल भएको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्म यस कम्पनीको नाफा ३५ करोड ७६ लाख रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीको नाफा ०.६७ प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको चैत समान्तसम्म आउँदा कम्पनीको सेयर प्रिमियममा ४४ करोड ९६ लाख रुपैयाँ, महाविपत्ति कोषमा २६ करोड ६३ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ४७ करोड ९ लाख रुपैयाँ र अन्य इक्विटीमा ३७ करोड १२ लाख रुपैयाँ रहेको छ।

यसैगरी, कम्पनीको जीवन बीमा कोषमा २४ अर्ब ५५ करोड ८२ लाख रुपैयाँ रहेको छ। गत आर्थिकको यस अवधिसम्म जीवन बीमा कोषमा १८ अर्ब २ करोड १९ लाख रुपैयाँ थियो। गत वर्षको तुलनामा तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ३६.२७ प्रतिशतले बढेको छ।

यसैगरी, चालु आर्थिक वर्ष ९ महिनासम्म कम्पनीले ६ अर्ब २१ करोड ९८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो यही अवधिसम्म कम्पनीले ५ अर्ब ८ करोड २५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। कम्पनीको कुल बीमाशुल्क आर्जन २२.३८ प्रतिशतले बढेको छ।

चैत समान्तसम्म आउँदा कम्पनीको सेयरपुँजी ५ अर्ब रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ९.६० रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ९.५४ रुपैयाँ थियो। पीई रेसियो ४८.५४ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १३१.१७ रुपैयाँ रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima