काठमाडौं । राष्ट्रिय सहकारी बैंक वित्तीय अवस्थामा मजबुत बन्दै गएको छ ।
गत आर्थिक वर्षका चैत मसान्तसम्म ११ करोड ८२ लाख ८७ हजार रुपैयाँ नोक्सानमा रहेको बैंक चालु आवको सोही अवधिमा आइपुग्दा ७१ लाख २२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । चालु आवको चैत मसान्तसम्म बैंकले बैंकले ५६ करोड १६ लाख १७ हजार रुपैयाँ खुद ब्याज आम्दानी रहेको छ । गत आवको सोही अवधिमा १ अर्ब १ करोड ३९ लाख ७८ हजार रहेको थियो ।
बैंकको खुद शुल्क तथा कमिशन आय २ करोड ३० लाख १४ हजार रुपैयाँबाट बढेर २ करोड ३९ लाख ६६ हजार रहेको छ । बैंकको कुल सञ्चालन आम्दानी १ अर्ब ९ करोड २६ लाख ११ हजार रुपैयाँबाट घटेर ८१ करोड २९ लाख ८४ हजार रहेको छ । यस्तै बैंकको कर्जा तथा अन्य सम्भावित नोक्सानीको जोखिम व्यवस्थापन फिर्ता बापतको रकम ७४ करोड ३ लाख ८२ हजार रुपैयाँबाट घटेर २९ करोड ८५ लाख ५२ हजार रुपैयाँमा सिमित भएको छ । जसले बैकको नाफा बढाउन सहयोग गरेको छ ।
यस्तै खुद सञ्चालन आम्दानी पनि ३५ करोड २२ लाख २८ हजार रुपैयाँबाट ५१ करोड ४४ लाख ३१ हजार रुपैयाँ पुगेको छ । चैत मसान्तसम्म बैंकको सञ्चालन नाफा ९६ लाख ९१ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा १३ करोड ४८ लाख ८७ हजार रुपैयाँ ऋणात्मक रहेको थियो ।
चैत मसान्तसम्म बैंकको पुँजी पर्याप्तता अनुपात ४.४२ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा १.८६ प्रतिशत रहेको थियो । २ अर्ब ९१ करोड ४३ लाख ३४ हजार रुपैयाँ सेयर पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ६ करोड ५२ लाख ६० हजार रुपैयाँ रहेको छ ।
यो अवधिमा बैंकले संचित मुनाफा ४ अर्ब १० करोड ६७ लाख ३३ हजार रुपैयाँ ऋणात्मकबाट घटेर ३ अर्ब ८१ करोड ३८ लाख ८२ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।












प्रतिक्रिया दिनुहोस्