Skip to content

राष्ट्रपतिले सम्बोधन गर्दै गर्दा प्रधानमन्त्री शाह सदनबाट बाहिरिएको विषयमा कांग्रेसले माग्यो जवाफ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गरिहेको समयमा प्रधानमन्त्री बालेन्द्र शाह बैठकबाट बाहिर्रिएको विषयमा जवाफ माग गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै कांग्रेसका सांसदहरू आसनमा उभिएपछि सभामुख डोलप्रसाद अर्यालले सो पार्टीका प्रमुख सचेतक वासना थापालाई बोल्न समय दिएका थिए ।

प्रमुख सचेतक थापाले भनिन्, “राष्ट्रपतिज्यूबाट सम्बोधन भइरहेको समयमा प्रधानमन्त्री शाह सदनबाट बाहिरिनु सामान्य विषय नभई गम्भीर विषय हो, यसबारेमा सरकारका तर्फबाट स्पष्ट जवाफ चाहियो ।”

साथै उनले संवैधानिक पदको सम्मान गर्न र संसदीय परम्परालाई कमजोर नबनाउन आग्रह गरिन् । राष्ट्रपति पौडेलले सोमबार सदनमा आर्थिक वर्ष २०८३/८४ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T