Skip to content

हिटलरसँग तुलना र ग्यास च्याम्बर जस्ता शब्द असंसदीय, अभिलेखबाट हटाउन वैदिकको माग

nabil bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुशान्त वैदिकले हिटलरसँगको तुलना र ग्यास च्याम्बर जस्ता शब्द असंसदीय रहेको भन्दै नियमापत्ति गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा शून्य समय सकिएपछि उनले नियमापत्ति गरेका हुन् ।

उनले भनेका छन्, ‘यस गरिमामय सदनमा सरकारको आलोचना गर्ने क्रममा विश्व इतिहासकै अत्यन्त घृणित, अमानवीय र संवेदनशील विषय हिटलर तथा ग्यास च्याम्बर जस्ता विषयसँग तुलना गरिएको अभिव्यक्तिप्रति म गम्भीर नियमापत्ति जनाउन चाहन्छु ।’

यस्तो तुलना केवल असंसदीय मात्रै होइन, लाखौं निर्दोष मानवमाथि भएको ऐतिहासिक नरसंहारप्रति असंवेदनशील र अपमानजनक पनि छ,’ उनले भनेका छन्, ‘संसद जस्तो गरिमामय स्थलमा प्रयोग हुने भाषा मर्यादित, जिम्मेवार र तथ्यमा आधारित हुनुपर्दछ ।’

यस्तो अभिव्यक्ति संसदीय अभिलेखमा रहन नहुने उनको आग्रह छ । उनले भनेका छन्, ‘उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाइ सम्बन्धित माननीय सदस्यलाई आफ्नो भनाइ फिर्ता लिन निर्देशन गरियोस् भन्ने माग गर्दछु ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi