Skip to content

सेयर बजारमा जाने कर्जा नौ महिनामा १३.४ प्रतिशत बढ्यो, सबैभन्दा धेरै कस्ले लिए?

nabil bank

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा बैंक तथा वित्तीय संस्थाहरूले सेयर धितोमा प्रवाह गर्ने कर्जामा उल्लेख्य वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्म सेयर धितो कर्जामा कुल १ खर्ब ५९ अर्ब ४८ करोड ८३ लाख रुपैयाँ बराबरको लगानी भएको छ।

एक महिनाको अवधिमै यस्तो कर्जा ३ अर्ब २१ करोड रुपैयाँले बढेको राष्ट्र बैंकले जनाएको छ। फागुन मसान्तसम्म सेयर धितोमा प्रवाहित कर्जा १ खर्ब ५६ अर्ब २७ करोड ९४ लाख रुपैयाँ रहेको थियो। गत आर्थिक वर्षको असार मसान्तमा १ खर्ब ४० अर्ब ७० करोड २१ लाख रुपैयाँ मात्र थियो । नौ महिनामा १३.४ प्रतिशतले वृद्धि भएको देखिन्छ।

यस अवधिमा १ करोड रुपैयाँभन्दा माथिको सेयर धितो कर्जा ११.१ प्रतिशतले बढेर १ खर्ब ९ अर्ब ९५ लाख रुपैयाँ पुगेको छ। यसैगरी, ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा ४ प्रतिशतले वृद्धि भई १८ अर्ब २६ करोड ६९ लाख रुपैयाँ पुगेको छ।

यसैगरी, २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको कर्जा ९।५ प्रतिशतले बढेर १९ अर्ब २३ करोड रुपैयाँ पुगेको छ भने २५ लाख रुपैयाँसम्मको कर्जा ४७।२ प्रतिशतले उकालो लाग्दै १२ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi