Skip to content

स्वास्थ्यमन्त्री मेहतासँग भारतीय राजदूत श्रीवास्तवको भेटवार्ता

nabil bank

काठमाडौं । स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानीमन्त्री निशा मेहतासँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटवार्तामा उनीहरूबीच नेपाल र भारतबीच सदियौँदेखि रहिआएको ऐतिहासिक तथा प्रगाढ सम्बन्धका साथै स्वास्थ्य क्षेत्रमा जारी द्विपक्षीय सहकार्यका विविध आयाममाथि विचार–विमर्श भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए ।

भेटमा मन्त्री मेहताले नेपालको स्वास्थ्य, खानेपानी तथा सरसफाइ क्षेत्रको विकासमा भारत सरकारबाट प्राप्त निरन्तर सहयोग तथा सद्भावका लागि धन्यवाद व्यक्त गरे ।

त्यस क्रममा नेपालका राष्ट्रियस्तरका प्रमुख स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुदृढीकरण, विशिष्टीकृत उपचार केन्द्रको स्थापना तथा समग्र स्वास्थ्य पूर्वाधार विकासमा आगामी दिनमा भारतीय सहयोग र सहकार्यलाई थप मजबुत बनाउने विषयमा छलफल भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi