Skip to content

तरलता व्यवस्थापन गर्न ४० अर्ब रुपैयाँ निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न आज (बुधबार) ४० अर्ब रुपैयाँ बराबरको निक्षेप खिच्ने भएकाे छ।  राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले २१ दिनका लागि उक्त परिमाणको निक्षेप संकलन गर्न लागेको हो।
बैंकले विभिन्न विशेषता एवं सर्तहरू कायम गरी निक्षेप संकलनको बोलकबोल तथा निष्कासन गर्ने भएको हो । निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी असार १० गते हुने बैंकले जनाएको छ ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।
इच्छुक ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले बुधबार दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बोलकबोल अनलाइन बिडिङ सिस्टम सप्टवयरमार्फत हुनेछ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T