Skip to content

जीवन बीमा कम्पनीको नाफा ५.५५ प्रतिशतले घट्यो, धेरै कमाउनेमा रिलायबल, राष्ट्रिय जीवन बीमा कम्पनीको सबैभन्दा कम

काठमाडौं । सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीको नाफा घटेको छ ।

कम्पनीहरुले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ४ अर्ब ५९ करोड २० लाख ४३ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.५५ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा १४ जीवन बीमा कम्पनीहरुले ४ अर्ब ८६ करोड १७ लाख ६ हजार रुपैयाँ नाफा आर्जन गरेका थिए ।

१४ वटा जीवन बीमा कम्पनीमध्ये ४ वटा कम्पनीको नाफा घटेको छ भने बाँकी १० वटा कम्पनीको नाफा बढेको छ । नाफा घटेका कम्पनीमा नेपाल लाइफ, मेट लाइफ इन्स्योरेन्स, हिमालयन लाइफ र राष्ट्रिय जीवन बीमा कम्पनी रहेका छन् ।
सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनीको नाफामा भारी मात्रामा गिरावट आएको छ । औषतमा भने चैत मसान्तसम्म कम्पनीहरुको नाफा घटेको छ ।

बीमा कम्पनीहरुले प्रकाशित गरेको वित्तीय अवस्था अनुसार रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नाफा सबैभन्दा धेरै रहेको छ । चैत मसान्तसम्म कम्पनीको नाफा सबैभन्दा धेरै ४७ करोड ४ लाख १७ हजार रुपैयाँ रहेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ०.९९ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा कम्पनीको नाफा ४६ करोड ५७ लाख ९६ हजार रुपैयाँ रहेको थियो । यस्तै धेरै नाफा कमाउने दोस्रो कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । चैत मसान्तसम्म कम्पनीको नाफा २७.४ प्रतिशतले घटेर ४५ करोड ४८ लाख ९४ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ६२ करोड ६६ लाख ९ हजार रुपैयाँ रहेको थियो ।

यस्तै धेरै नाफा कमाउने तेस्रो बैकमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । नेशनलले ४१ करोड ६६ लाख २९ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा चुलनामा कम्पनीको नाफा चालु आवको सोही अवधिमा १.९८ प्रतिशतले बढेको छ ।

यस्तै आइएमई लाइफको नाफा ०.४३ प्रतिशतले बढेर ३६ करोड ७९ लाख १६ हजार, सिटिजन्स लाइफको नाफा ०.६७ प्रतिशतले बढेर ३६ करोड ४४ हजार रुपैयाँ, एशियन लाइफको नाफा ३.७९ प्रतिशतले बढेर ३४ करोड ७३ लाख ८६ हजार रुपैयाँ रहेको छ ।

यस्तै सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नाफा ०.९५ प्रतिशतले बढेर ३४ करोड ८ लाख ५८ हजार, सन नेपाल लाइफको नाफा ३.३५ प्रतिशतले बढेर ३४ करोड २३ हजार, सूर्यज्योति लाइफको नाफा ११.७ प्रतिशतले बढेर ३३ करोड ३ लाख ३२ हजार, लाइफ इन्स्योरेन्स कर्पोरेशनले ३५.८ प्रतिशतले बढेर ३२ करोड ४ लाख ६७ हजार रुपैयाँ रहेको छ ।

यस्तै मेट लाइफको नाफा १२.३ प्रतिशतले घटेर ३० करोड २५ लाख ४६ हजार, प्रभु महालक्ष्मी लाइफको नाफा १.६१ प्रतिशतले बढेर २७ करोड ५० लाख ७० हजार, हिमालयन लाइफको नाफा ४४.७ प्रतिशतले घटेर २६ करोड १४ लाख ४४ हजार रुपैयाँ रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T