Skip to content

प्रधानमन्त्री शाहको अनुहार हेर्न खोजेको होइन, संसदीय अभ्यासप्रति उत्तदरायी बन्नुपर्‍यो: सांसद ओली

nabil bank

काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै सांसदहरुले संसदमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को खोजी गरेका छन् ।

सभाको बैठक सुरु भए लगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, प्रतिपक्षी दल नेकपा एमाले, राप्रपाका सांसदहरुले सदनमा प्रधानमन्त्रीको खोजी गरेका हुन् ।

बैठकमा राप्रपा सांसद खुश्बु ओलीले संसदले प्रधानमन्त्री बालेन्द्र शाहको अनुहार हेर्नका लागि मात्रै नखोजेको बताएकी छिन् ।

‘‘हामीले प्रधानमन्त्री शाहको अनुहार हेर्न खोजेको होइन’’ उनले भनिन् ‘‘हामीले उहाँबाट जवाफदेहिता खोजेको हो । पहिलो अधिवेशनमा प्रधानमन्त्री बोल्नु भएन । हामीले केही भनेनौ । अहिले पनि आउनु भएको छैन ।’’ प्रधानमन्त्री शाह संसदीय अभ्यास प्रति उत्तदरायी बन्नुपर्ने उनको भनाइ छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi