Skip to content

नीति तथा कार्यक्रम: लगानी, कृषि र पर्यटन प्रवर्द्धनदेखि भारत र चीनसँग कूटनीतिक पहलका लागि सांसदहरूको सुझाव

nabil bank

काठमाडौं । राष्ट्रियसभाको बैठकमा सांसदहरुले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै कृषि, पर्यटन, युवाको पलायन रोकथाम तथा लगानीमैत्री वातावरण निर्माणका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद महन्थ ठाकुरले गैरआवासीय नेपालीलाई स्वदेशमै लगानी गर्न प्रोत्साहन हुने वातावरण निर्माण गर्न आवश्यक रहेको बताए । उनले लगानीमैत्री नीति र स्थिर वातावरणमार्फत देशको आर्थिक विकासलाई गति दिन सकिने बताए ।

सांसद धर्मेन्द्र पासवानले नीति तथा कार्यक्रममा मधेस प्रदेशको कृषि विकासलाई बृहत् रूपमा नसमेटिएको आरोप लगाए । उनले मध्यमवर्गका लागि नीति तथा कार्यक्रम सकारात्मक भए पनि मधेसको कृषि र पर्यटनको सम्भावनालाई पर्याप्त प्राथमिकता नदिइएको टिप्पणी गरे ।

सांसद उर्मिला अर्यालले कृषिको वृद्धिदर पाँच प्रतिशत पुर्‍याउन सके मुलुकको आर्थिक समृद्धि सम्भव हुने बताए । उनले मौलिक बीउको प्रवद्र्धन, वीरगञ्ज चिनी कारखानाको पुन: सञ्चालन तथा दुग्ध विकास संस्थानको स्तरोन्नतिमा जोड दिइन् । मधेस प्रदेशको खानेपानी सङ्कट समाधानका लागि पर्याप्त बजेट व्यवस्थापन गर्न उनले सरकारसँग आग्रह गरन् ि।

सांसद सोनामगेल्जेन शेर्पाले पर्यापर्यटन प्रवद्र्धनका लागि आवश्यक पूर्वाधार निर्माण, कूटनीतिक पहलमार्फत पर्यटन प्रवद्र्धन तथा पोखरा र भैरहवा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनलाई प्रभावकारी बनाउन भारत र चीनसँग कूटनीतिक पहल आवश्यक रहेको बताए ।

यसैगरी, सांसद सुनिलबहादुर थापाले युवाको निरन्तर विदेश पलायन भइरहेका बेला स्वरोजगार सिर्जना गरी स्वदेशमै बस्ने वातावरण बनाउनुपर्ने बताउनुभयो । उहाँले कृषि क्षेत्रमा आत्मनिर्भर बन्न आवश्यक भएकामा जोड दिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi