Skip to content

जिडिपी १०० अर्ब डलर पुर्‍याउन १२ प्रतिशत आर्थिक वृद्धि आवश्यक: सीबीफीन उपाध्यक्ष 

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफीन)का वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले सुशासनसहितको विकासका लागि युवा नेतृत्व सक्रिय भएको बताएका छन्।
उनले देशको अर्थतन्त्र सुदृढ बनाउन लगानीको वातावरण अपरिहार्य रहेको उल्लेख गर्दै जिडिपी वृद्धि गर्न स्वदेशी तथा वैदेशिक दुवै लगानी आवश्यक रहेको बताए। “देशको जिडिपी बढाउन लगानी चाहिन्छ, तर त्यसका लागि उपयुक्त वातावरण हुनुपर्छ,” उनले भने।
उपाध्यायका अनुसार हाल करिब ४६ अर्ब डलर  रुपैयाँ रहेको नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी)लाई १०० अर्ब डलर पुर्‍याउन वार्षिक करिब १२ प्रतिशत आर्थिक वृद्धि आवश्यक पर्छ। त्यसका लागि बैंक तथा वित्तीय संस्थाहरूले लगानी विस्तार अनिवार्य छ ।
उनले निजी क्षेत्रलाई निष्क्रिय भएर ‘पर्ख र हेर’को अवस्थामा बस्न नहुने भन्दै लगानी विस्तारका लागि उत्साह देखाउन आग्रह गरे। “स्वदेशी लगानी नबढाउने हो भने विदेशी लगानी पनि आउँदैन,” उनले भने।
हाल कर्जा वृद्धि (लोन ग्रोथ) करिब ५ प्रतिशत रहेको र यो वर्ष ६ प्रतिशतसम्म पुग्ने अनुमान गरिएको उनले बताए। बैंकहरूले ठुलो रकम प्रोभिजनमा राख्नु परेकाले कर्जा प्रवाहमा केही असर परेको उनको बुझाई छ ।
प्रोभिजन बढ्दा बैंकहरू कर्जा असुली (रिकोभरी)मा केन्द्रित हुन बाध्य हुने भन्दै उनले केवल सरकारी कडाइबाट मात्र समस्या समाधान नहुने बताए। “निष्क्रिय कर्जासम्बन्धी नीति परिवर्तन आवश्यक छ,” उनले भने।
उपाध्यायले बैंकहरूको खराब कर्जा ५ प्रतिशतभन्दा बढी हुन नहुने उल्लेख गर्दै कर संरचनामा पनि सुधार आवश्यक रहेको बताए। उनले आयकरको ३० प्रतिशत दर घटाउन र पारदर्शी संस्थाहरूलाई करमा सहुलियत दिनुपर्ने धारणा राखे।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T