Skip to content

आजदेखि बैंकको नयाँ ब्याजदर लागू, ८ बैंकले घटाए, कुनले दिन्छ सबैभन्दा धेरै ?

nabil bank

काठमाडौं । आजदेखि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर लागू गरेका छन् ।

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंक मध्ये जेठ महिनाको लागि ८ बैंकले मुद्दती निक्षेको ब्याजदर थप घटाएका छन भने, बाँकी १२ वाणिज्य बैंकले निक्षेपको ब्याजदर यथावत राखेका छन् ।

नयाँ दरअनुसार औसत ब्याजदर ४.४ प्रतिशतबाट घटेर ४.३४ प्रतिशतमा झरेको छ । बैंकहरूमध्ये एनएमबी बैंकले सबैभन्दा उच्च ४.८ प्रतिशत ब्याजदर कायम गरेको छ ।

एनआईसी एशिया बैंक, हिमालयन बैंक र नेपाल बैंकले ०.२५ प्रतिशतका दरले कटौती गरेका छन्। यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ०.१ प्रतिशत, कुमारी बैंकले ०.०९ प्रतिशत र सिटिजन्स बैंक इन्टरनेशनलले ०.०५ प्रतिशतले ब्याजदर घटाएका छन्।

बाँकी बैंकहरू जस्तै प्रभु बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल एसबीआई बैंक, कृषि विकास बैंक, प्राइम कमर्सियल बैंक, एभरेष्ट बैंकलगायतले भने ब्याजदर यथावत राखेका छन्।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi