काठमाडौं । नेपाल धितोपत्र बोर्डले तत्काल अध्यक्ष नपाउने भएको छ । अर्थ मन्त्रालय आगामी आर्थिक वर्षको बजेट निर्माणमा लागेको भएर बोर्डले तत्काल अध्यक्ष नपाउने भएको हो ।
स्रोतका अनुसार अब अर्थ मन्त्रालयले जेठ १५ गते पछि मात्रै बोर्डका अध्यक्ष नियुक्ती प्रकृया अघि बढाउने छ । बोर्डको अध्यक्षका लागि ४७ जनाले आवेदन दिएका छन् । जसमा योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टका दाई (काका छोरा) डा. गोपाल भट्टले पनि आवेदन दिएका छन् । गोपालले आवेदन दिएपछि स्वार्थ बाझिने भन्दै गुणकरले धितोपत्र बोर्डको अध्यक्ष छनोट समितिबाट राजीनामा दिएका छन् । उनले राजीनामा दिएपछि प्रकृया लम्बिएको हो ।
डा. भट्टले समितिबाट राजीनामा उक्त जिम्मेवारी योजना आयोगका सदस्य प्रा.डा. सञ्जय आचार्यलाई दिइएको छ । यो सँगै बोर्डको अध्यक्ष छनोट समितिको संयोजकमा प्रा.डा आचार्य रहेका छन् । यस्तै सदस्यमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र विज्ञ सदस्य तथा नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवनकुमार दहाल रहेका छन् ।
अर्थ सचिव उपाध्याय बजेटमा व्यस्त भएका कारण बोर्डमा अध्यक्ष नियुक्ती प्रकृया अघि नबढेको हो ।
नेपालको इतिहासमा पहिलो पटक अध्यक्षका लागि यति धेरै (४७) जनाको आवेदन परेको हो ।
यसअघि आवेदन खुला गर्दा यति धेरैको आवेदन पर्ने गरेको थिएन । यो पटक अध्यक्षमा आवेदन दिनका लागि सहज भएका कारण धेरैको आवेदन परेको हो । यसअघि अध्यक्षका लागि आवेदन दिदाँ कार्ययोजना पेश गर्नुपर्ने थियो । साथै अध्यक्षका लागि आवेदन दिँदा राज्यको नाममा ५ हजार राजस्व दाखिला गर्नुपर्ने थियो । अहिले अध्यक्षका लागि आवेदन दिँदा राज्यको नाममा ५ हजार राजस्व तिर्नु नपर्ने, कार्य योजना पनि गर्नु नपर्ने, अनुभव र बायोडाटा मात्रै बुझाउनु परेका कारण मनलाग्नेजति सबैले आवेदन दिएको जानकारहरुको भनाइ छ ।
अध्यक्षका लागि आवेदन दिनेले वैयक्तिक विवरण, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्र र पेशागत अनुभव पुस्ट्याई गर्ने प्रमाणित कागजात आवश्यक थियो । यस्तै अर्थ मन्त्रालयको वेबसाईटमा प्रकाशित नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्तिको लागि व्यक्तिगत विवरण पेश गर्ने सम्बन्धी सूचना साथ संलग्न तोकिएको ढाँचाको स्वघोषणा आवश्यक थियो ।
अध्यक्षका लागि सामान्य कागजात पेश गरे पुग्ने भएका कारण आफुलाई रास्वपाको नजिक देखाउन कै लागि भएपनि अर्थ मन्त्रालय पुगेर ४७ जनाले आवेदन दिएका छन् । अर्थ मन्त्रालयले ४७ जनाको नाम गोप्य राखेको छ । त्यो नाम अझै सार्वजनिक भएको छैन ।
अध्यक्षका लागि आवेदन दिनेमा यसअघिका पटके आवेदनकर्ता, बोर्डका कर्मचारी, नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक, कर्मचारी, नेप्सेका सञ्चालन, सेयर बजारका स्वघोषित विज्ञ लगायत रहेका छन् ।
आवेदन दिएकामध्ये समितिले ५ जनाको सूची तयार पार्छ । ५ जनाले कार्ययोजना सहितको प्रस्तुती दिन्छन् । त्यसमध्ये ३ जनाको नाम अर्थ मन्त्रालयले मन्त्रिपरिषदमा पठाउँछ । मन्त्रिपरिषदले १ जनालाई अध्यक्षमा नियुक्त गर्छ ।
अध्यक्षका लागि आवेदन दिने ४७ जनाको नाम अर्थ मन्त्रालयले अहिलेसम्म अति गोप्य राखेको छ । मन्त्रालयको आधिकारीक नभएपनि बोर्ड अध्यक्षका लागि स्रोतबाट प्राप्त सूची अनुसार
बम बहादुर मिश्र
चिन्तामणी शिवाकोटी
डा. गोपाल भट्ट
मुकुन्दकुमार क्षेत्री
पिताम्बर भण्डारी
राजेन्द्र पण्डित
लिला ढकाल
प्रल्हाद गिरी
सुवासचन्द्र घिमिरे
डा. नवराज अधिकारी
विनयदेव आचार्य
पिताम्बर भण्डारी
कृष्ण बहादुर कार्की
दीर्घ मैनाली
सुरेश देवकोटा
डा. राकेश पोखरेल
पूर्णप्रसाद आचार्य
चिरञ्जिवी चापागाईं
पुरुषोत्तम चिमरिया (शिवचन्द्र डन)
विपिन कडेल
बद्री गुरागाईं
बिनोद आचार्य
झवेन्द्र कार्की
प्रकाश अधिकारी
डा. केशव श्रेष्ठ
मुक्ति अर्याल
कृष्ण आचार्य
दीपक थापा
डिमप्रसाद पौडेल
सन्तोषनारायण श्रेष्ठ
प्रविण पाण्डे
नीराजन घिमिरे
बुद्धिसागर अमगाईं
तेज देवकोटा
खगेन्द्र सापकोटा
डा. मनोजकुमार शाही
कृष्णराज पोखरेल
डा. शंकरप्रसाद पाठक
डा. हरिकुमार सिलवाल
विकासराज पोखरेल
नारायण सापकोटा
देवप्रसाद दाहाल
रामदेव यादव
शिवराज अधिकारी
सूर्यप्रसाद अधिकारी
सुवाश सापकोटा रहेका छन् ।












प्रतिक्रिया दिनुहोस्