Skip to content

४३२ सहकारीबाट ६७ करोड १९ लाख ६४ हजार असुल्नु: महालेखापरीक्षक 

सहकारीलाई २ अर्ब ३३ करोड ९४ लाख ५६ हजार कर्जा सापटी

nabil bank

काठमाडौं । महालेखापरीक्षकको कार्यालयलेले ४३२ सहकारीकाट ६७ करोड १९ लाख ६४ हजार असुल गर्नुपर्ने देखाएको छ ।

महालेखापरीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार युवा तथा साना व्यवसायी स्वरोजगार कोषले ४३२ सहकारी संस्थाबाट ५७ करोड ९७ लाख १८ हजार साँवा तथा त्यसको ब्याज ८ करोड ९८ लाख ६४ हजार र हर्जाना २३ लाख ८२ हजार समेत गरी ६७ करोड १९ लाख ६४ हजार कर्जा असुल गर्नुपर्ने देखिन्छ।

सम्झौताअनुसार हिसाब यकिन गरी साँवा, ब्याज तथा हर्जाना रकम असुल गर्न महालेखाले भनेको छ ।

कोष (सञ्चालन) नियमावली, २०७७ को नियम १६ मा कर्जा लगानी गर्ने व्यवस्थाअनुसार युवा तथा साना व्यवसायी स्वरोजगार कोष र ऋणीहरूबिच ऋण सम्झौता गर्दा अवधि ५ वर्ष तथा ऋण अवधि ४२ महिना रहने र सम्झौताअनुसार किस्ता नबुझाएमा बुझाउनुपर्ने रकमको थप २ प्रतिशत ब्याज लाग्ने उल्लेख छ ।

कोषले उपलब्ध गराएको विवरण अनुसार कोषले २०८२ असार मसान्तसम्म २ अर्ब ३३ करोड ९४ लाख ५६ हजार कर्जा सापटी दिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi