Skip to content

सेयर बजार र कारोबार रकम दुबै घट्यो

nabil bank

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार मापम नेप्से परिसूचक र कारोबार रकम दुबै घटेको छ । सोमबार सेयर बजार मापक नेप्से परिसूचक १.०३ अंकले घटेर २७३०.९१ बिन्दुमा झरेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। गत शुक्रबार ३ अर्ब ९ करोड ७९ लाख ५३ हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज २ अर्ब ४५ करोड ८ लाख ७८ हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ।

आज कारोबारमा आएको १३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिक, विकास बैंक, जलविद्युत, लगानी र अन्य उपसमूहको परिसूचक सामान्य अंक बढेको छ।

आज इंगवा हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा धेरै ८.४२ प्रतिशत बढेको छ। आज बुंगल हाइड्रोको सेयरमूल्य करिब साढे ६ प्रतिशत बढेको छ ।

कारोबार रकमका आधारमा आज साहस उर्जा उच्चस्थानमा रहेको छ। यस कम्पनीको आज ८ करोड ४३ लाख ८९ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi