Skip to content

बालेन सरकारदेखी त्रसित लगानीकर्ता: डेढ महिनामा नेप्से सूचक २१९ अंक घट्यो, बजार पुँजीकरण साढे ३ खर्बले खस्कियो

nabil bank
काठमाडौं । बालेन शाह (बालेन्द्र)को नेतृत्वमा नयाँ सरकार गठन भएसँगै सेयर बजारमा ‘बियरिस ट्रेन्ड’ देखिएको छ। चैत १३ गते शाह प्रधानमन्त्री नियुक्त भएयता लगानीकर्तामा अन्योल र त्रास देखिँदा नेप्से परिसूचक र बजार पुँजीकरण दुवैमा गिरावट आएको हो।
डेढ महिनाको अवधिमा सेयर बजारमा मापक नेप्से परिसूचक २१९.२५ बिन्दुले घटेको छ । सरकार गठनअघि चैत १२ गते २९५०.१६ बिन्दुमा रहेको नेप्से परिसूचक जेठ ४ गतेसम्म घटेर २७३०.९१ बिन्दुमा झरेको छ।
नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले बजेटप्रति लगानीकर्ताको चासो बढेकाले हाल सेयर बजारमा अपेक्षित उत्साह नदेखिएको बताएका छन्। उनका अनुसार सरकार परिवर्तनसँगै आउने आर्थिक नीति तथा बजेटले पूँजीबजारमा कस्तो नीति ल्याउँछ भन्ने अन्योलका कारण लगानीकर्ताहरू ‘वेट एन्ड वाच’ अवस्थामा बसेका छन्।
चैत अन्त्यतिर २८५०–२८७९ बिन्दुको दायरामा झरेको सूचक वैशाख सुरु भएसँगै थप दबाबमा परेको थियो। वैशाख ५ गते नेप्से २६७६.६८ बिन्दुसम्म झर्दा छोटो अवधिमै उल्लेख्य गिरावट देखिएको थियो। त्यसपछि केही सुधार भई सूचक पुनः २८६६.८७ बिन्दुसम्म उक्लिए पनि उक्त वृद्धि दिगो हुन सकेन।
वैशाख मध्यदेखि पुनः बिक्री दबाब बढ्दै जाँदा नेप्से क्रमशः ओरालो लाग्दै गएको देखिन्छ। महिनाको अन्त्यतिर सूचक २७३८ देखि २७७० बिन्दुको सीमित दायरामा कारोबार हुँदै कमजोर अवस्थामा रह्यो। जेठको सुरुआतसँगै बजार थप दबाबमा पर्दै २७०४.०८ बिन्दुसम्म झरेको थियो।

डेढ महिनाको अवधिमा देशको कुल बजार पुँजीकरण उल्लेखनीय रूपमा घटेको देखिएको छ। उपलब्ध तथ्यांकअनुसार चैत १२ गते करिब ५० खर्ब ९ अर्ब ३८ करोड रुपैयाँ बराबर रहेको बजार पुँजीकरण निरन्तर उतारचढावका बीच घट्दै जाँदा जेठ ५ गतेसम्म आइपुग्दा करिब ४६ खर्ब ५७ अर्ब ७० करोड रुपैयाँमा सीमित भएको छ। यस अवधिमा बजार पुँजीकरण करिब ३ खर्ब ५१ अर्ब रुपैयाँले सङ्कुचित भएको देखिन्छ।

चैत अन्त्यतिर सामान्य सुधार देखिए पनि वैशाख महिनाभर बजारमा अस्थिरता कायम रह्यो। वैशाखको पहिलो साता तीव्र गिरावट आएपछि केही दिन सुधार भए पनि पुनः क्रमिक गिरावट देखिएको थियो। वैशाख मध्यतिर अल्पकालीन वृद्धि देखिए पनि त्यसले दीर्घकालीन प्रभाव पार्न सकेन। वैशाख अन्त्य र जेठ प्रारम्भसँगै बजार पुनः दबाबमा परेको देखिन्छ।
सम्बन्धित क्षेत्रका जानकारहरूका अनुसार लगानीकर्ताको आत्मविश्वासमा कमी, नीतिगत अनिश्चितता, र समग्र आर्थिक गतिविधिमा सुस्तता जस्ता कारणले बजार पुँजीकरणमा गिरावट आएको हो ।

‘नयाँ सरकार आएको छ। अबको बजेटमा सेयर बजारसँग सम्बन्धित के–कस्ता नीतिहरू समेटिन्छन् भन्ने कुराले लगानीकर्ताको मनोविज्ञान निर्धारण गर्नेछ। त्यसैले अहिले बजारमा ठुलो मूभमेन्ट देखिएको छैन।’ उनी भन्छन् । उनले पूँजीबजारमैत्री नीति, कर प्रणालीमा सुधार, र लगानीमैत्री वातावरण निर्माण गर्ने स्पष्ट नीति बजेट मार्फत आए सेयर बजारमा पनि सकारात्मक माहौल देखिने बताए ।

यसैगरी, पछिल्लो समय सरकारले सम्पत्ति शुद्धीकरण, धितोपत्र तथा बिमा सम्बन्धी कसूरमा तीव्ररूपमा अनुसन्धान अघि बढाए छ । जसको कारण उद्योगी–व्यवसायीहरू डर र अनिश्चितताका देखिएको छ । यसको असर पनि सेयर बजारमा देखिएको लगानीकर्ताहरूको धारणा छ । उद्योगी–व्यवसायी प्रति सरकारको धरकपटले लगानीकर्ताको मनोबल खस्किएको कारण सेयर बजारमा सकारात्मक माहौल नदेखिएको सम्बद्धक्षेत्रका जानकाहरु बताउँछन् ।

हालको आर्थिक र वित्तीय अवस्था अनुसार सेयर बजार सकारात्मक बाटोमा नै देखिने अवस्था छ। तर, सस्तो ब्याजदर बजारमा पर्याप्त तरलता, र अन्य क्षेत्रमा लगानी कम हुँदा पनि सेयर बजार उत्साह नदेखिएको जानकारहरू बताउँछन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चैत मसान्तसम्मको तथ्यांक अनुसार हाल कर्जाको  ब्याजदर औसत ६.७७ प्रतिशत रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi