Skip to content

सेयर बजार घट्नेक्रम जारी, कारोबार रकममा सामान्य सुधार 

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार पनि सेयर बजार घटेको छ । यस अघिको कारोबार दिन सोमबार घटेको सेयर बजार मंगलबार पनि घटेको हो ।
मंगलबार सेयर बजार मापक नेप्से परिसूचक ६.५१ अंक घटेर २७२४.३९ विन्दुमा झरेको छ। यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ०.६८ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१९ अंक घटेको छ।
सेयर बजार घटेपनि यस दिन कारोबार रकममा भने सामान्य सुधार भएको छ। सोमबार २ अर्ब ४५ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा आज  ३ अर्ब ८ करोड ७७ लाख ३० हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ।
आज कारोबारमा आएको १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक, वित्त, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य अंक बढेको हो।
आज कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक १४.२६ प्रतिशत बढेको छ। आज नेपाल रिपब्लिक मिडियाको सेयरमूल्य करिब साढे ६ प्रतिशत बढेको छ भने अन्य स्टकहरूको मूल्य वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको सिटी होटलको सेयरमूल्य यस दिन सर्वाधिक ६.८४ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन सिटी होटल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २३ करोड ५३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। आज साहस ऊर्जाको ९ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T