काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ। कम्पनीको जेठ २० गते आइतबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने जनाएको हो ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफालाई सर्वसाधारण जगेडा कोष र रिटेन अरनिङ्गमा राख्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्