Skip to content

विस्थापित परिवारलाई २५ हजार सहायता दिने सरकारको निर्णय

काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका जोखिमपूर्ण बस्ती हटाइएपछि प्रभावित परिवारलाई सरकारले राहतस्वरूप प्रति परिवार २५ हजार रुपैयाँ दिने भएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पुनर्स्थापनाका लागि एकमुस्ट आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार उक्त रकम विस्थापित परिवारको व्यवस्थापन तथा पुनर्स्थापनामा सहयोग पुग्ने उद्देश्यले प्रदान गरिनेछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T