काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सहकारीका बचतकर्ताको बचत फिर्ता गर्न यस वर्ष २५ करोड विनियोजन गरेको र थप २५ करोड विनियोजन गर्ने तयारी रहेको बताएका छन् ।
उनले राष्ट्रिय सभाको बैठकमा यस्तो बताएका हुन् । उनले सहकारीका बचतकर्ताको समस्या दीर्घकालीन रुपमा समाधान गर्न सरकार लागेको बताए । त्यसको प्रकृया हिजोबाट सहकारी मन्त्रालयबाट सुरु भएको उनको भनाई छ ।
यो रकम राज्य कोषबाट नबाँडेको स्मरण गराए । सहकारीको सम्पत्ति बेचेर चक्रीय कोषमा राखेर त्यो पैसा सहकारीका बचतकर्तालाई दिने बताए । अहिले सरकारले अस्थायी रुपमा सहजीकरण गरेको उल्लेख गरे ।












प्रतिक्रिया दिनुहोस्