Skip to content

मार्किचोक सबस्टेसनमा प्राविधिक समस्या, ३ जिल्लामा अन्धकार

nabil bank

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्किचोकमा अवस्थित २२०/१३२/३३ केभी सबस्टेसनमा रहेको १३२/३३ केभी क्षमताको १२ एमभिए पावर ट्रान्सफर्मरमा प्राविधिक समस्या उत्पन्न हुँदा विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।

नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रका अनुसार ट्रान्सफर्मरको अर्थिङ प्रणालीमा समस्या आई अत्यधिक करेन्ट प्रवाह भएपछि हिजो साँझ ५:३२ बजेदेखि लाइन अवरुद्ध भएको हो । उक्त सबस्टेसनबाट तनहुँको आँबुखैरेनी, गोरखा जिल्ला तथा मुग्लिन हुँदै चितवनका केही क्षेत्रमा विद्युत् आपूर्ति हुँदै आएको छ ।

समस्या समाधानका लागि पोखरा ग्रिड महाशाखाको प्राविधिक टोली खटिएको थियो । टोलीले राति १२:४५ बजे लाइन पुन: सञ्चालनमा ल्याए पनि फेरि अर्थिङ प्रणालीमै समस्या देखिएपछि आज बिहान ६:४७ बजे ट्रान्सफर्मर पुन: बन्द गरिएको तनहुँ वितरण केन्द्रका सूचना अधिकारी वेनी नेपालीले जानकारी दिए ।

उनका अनुसार वैकल्पिक लाइनमार्फत विद्युत् आपूर्ति सञ्चालन गर्ने प्रयास भइरहेको छ । साथै, ट्रान्सफर्मर मर्मत गर्न सकिने अवस्था भए मर्मत गर्ने, अन्यथा आवश्यक परे ट्रान्सफर्मर नै परिवर्तन गर्ने तयारी गरिएको छ । हाल पोखरा ग्रिडको प्राविधिक टोली मार्किचोक सबस्टेसनमै रहेर मर्मत तथा व्यवस्थापनको कार्य गरिरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi