Skip to content

सिटिजन्स बैंकको कर्जा विस्तारमा नयाँ रणनीति: बेसरेटमै ‘‘इजी बिजनेस लोन’’

nabil bank
काठमाडौं । साना तथा मझौला व्यवसायको विस्तार र उत्पादनमूलक क्षेत्रमा लगानी अभिवृद्धि गर्ने उद्देश्य सहित सिटिजन्स बैंकले ‘इजी बिजनेस लोन’ योजना सार्वजनिक गरेको छ । बैंकले आफ्नो १९औँ वार्षिकोत्सवको अवसर पारेर ल्याएको यो योजना अन्तर्गत फिक्स र फ्लोटिङ गरी दुई प्रकारका कर्जा योजना सार्वजनिक गरेको हो ।
सिटिजन्स बैंकका एसएमई बैंकिङ प्रमुख सुधीर रेग्मीका अनुसार न्यून ब्याजदर, छिटो स्वीकृति प्रक्रिया र कम व्यवस्थापन शुल्कमार्फत साना तथा मझौला व्यवसायीलाई टेवा दिने उद्देश्यले यो योजना सार्वजनिक गरिएको हो । बैंकले हाल फ्लोटिङ योजनामा बेसरेटमै कर्जा उपलब्ध गराउँदै आएको छ । ‘इजी बिजनेस लोन’ ग्राहकले कसरी लिन सक्छन्, अन्य कर्जा योजनाभन्दा यो नै कर्जा योजना किन रोज्ने लगायतका विषयमा लगानीन्यूजले रेग्मीसँग गरेको थप कुराकानी:
सिटिजन्स बैंकले ल्याएको “इजी बिजनेस लोन” कस्तो लोन हो ?  
सिटिजन्स बैंकले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा एमएसएमई (माइक्रो, साना तथा मझौला उद्यम तथा एसएमई) व्यवसायलाई लक्षित गर्दै “इजी बिजनेस लोन” योजना ल्याएको हो। यसअन्तर्गत दुई प्रकारका कर्जा योजना छन् । यसमा ‘‘इजी बिजनेस लोन फिक्स’’ र ‘इजी बिजनेस लोन फ्लोटिङ’ कर्जा योजना सार्वजनिक भएको छ। यस योजनाको मुख्य उद्देश्य साना तथा मझौला व्यवसायलाई न्यूनतम ब्याजदरमा सहज रूपमा कर्जा उपलब्ध गराउनु हो।
“इजी बिजनेस लोन”को फिक्स र फ्लोटिङ कर्जामा के फरक छ ?
‘इजी बिजनेस लोन फिक्स’मा कर्जाको ब्याजदर सुरुका दुई वर्षसम्म फिक्स गरिएको हुन्छ। हाल यो योजना ५.९९ प्रतिशत ब्याजदरमा उपलब्ध छ। दुई वर्षपछि भने बैंकको औसत बेसरेटमा १.५० प्रतिशत प्रिमियम जोडेर ब्याजदर निर्धारण हुन्छ। यसैगरी, कर्जामा ०.५० प्रतिशत मात्र व्यवस्थापन शुल्क लाग्नेछ । यो कर्जामा ग्राहकले अधिकतम ५ करोड रुपैयाँसम्म कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । व्यवसाय विस्तार तथा नयाँ उद्यम सञ्चालन गर्न सहज बनाउने उद्देश्यले योजना ल्याइएको हो ।
बैंकले यो कर्जा क्यापिटल एक्सपेन्डिचर फाइनान्सिङ तथा  स्थायी प्रकृतिका वर्किङ क्यापिटल ट्रम लोन जस्ता व्यावसायिक प्रयोजनका लागि लक्षित गरेर ल्याएको हो ।  यसैगरी, बैंकले ल्याएको ‘इजी बिजनेस लोन फ्लोटिङ’ मा ब्याजदर बैंकको औसत बेसरेट अनुसार परिवर्तन हुन्छ। यो विशेष गरी २५ लाख रुपैयाँसम्मको एमएसएमई कर्जाका लागि ल्याइएको योजना हो।
यो योजना अनुसार ग्राहकले सम्बन्धित महिनाको औसत बेसरेटमै कर्जा पाउन सक्छन् । बैंकले यस कर्जाको औसत बेसरेटमा कुनै पनि प्रिमियम जोडेको छैन । यो कर्जामा व्यवस्थापन शुल्क ०.५० प्रतिशत मात्र रहेको छ । यी दुवै कर्जा योजना चालु आर्थिक वर्षको असार मसान्तसम्म लागु हुने छन् ।
बैंकले ल्याएको यो कर्जा योजनामा ग्राहकलाई कस्तो सहुलियत दिइएको छ ?
यस योजनामा बैंकले ब्याजदरका अलावा व्यवस्थापन शुल्कमा समेत छुट दिएको छ । सामान्यतया ०.७५ प्रतिशत लाग्ने शुल्कलाई घटाएर ०.५० प्रतिशत कायम गरिएको छ। यसका साथै बैंकले न्यूनतम कागजातमा सहज कर्जा स्वीकृति प्रक्रियाका लागि साना तथा मझौला व्यवसायलाई प्राथमिकतामा राखेर योजना लागू गरेको छ ।
यो योजना कुन–कुन व्यवसायका लागि उपयोगी छ ?
यो योजनाको बारेमा थोरै कुरा मैले माथि पनि भनिसकेको छु । बैंकले यो योजना ल्याउनुको उद्देश्य ट्रेडिङ व्यवसाय, साना उत्पादनमूलक उद्योग, सेवा क्षेत्र, कृषि सम्बन्धित व्यवसाय, रिटेल व्यापार लगायतका क्षेत्रलाई लक्षित गरेर ल्याइएको हो। एमएसएमई क्षेत्रलाई नेपाली अर्थतन्त्रको “मेरुदण्ड” रूपमा लिने गरिन्छ । सो कारण यस क्षेत्रमा लगानी बढाउन तथा अहिले अर्थतन्त्रमा देखिएको समस्याको समाधान गर्नको लागि यो योजना उपयुक्त हुने सोचमा बैंकले यस्तो योजना सार्वजनिक गरेको हो । उत्पादन मूलक क्षेत्रमा बैंकको कर्जा लगानी बढाउनको लागि यो योजना ल्याएका छौँ ।
बैंकले ल्याएको योजनाले साना व्यवसायीलाई यस योजनाले कसरी फाइदा पुर्‍याउँछ ? 
साना व्यवसायीका लागि सबैभन्दा ठुलो खर्च ब्याज तिर्नु हो। अहिले बैंकले निकै प्रतिस्पर्धी र न्यून ब्याजदरमा कर्जा दिएकाले व्यवसायीको वित्तीय लागत घट्छ । विशेष गरी ५० लाख रुपैयाँसम्मका साना कर्जामा कम ब्याजदर, छिटो स्वीकृति, कम कागजात जस्ता सुविधा भएकाले व्यवसायीलाई ठुलो राहत पुग्ने हाम्रो अपेक्षा छ ।
कर्जा लिन ग्राहकले के–के प्रक्रिया पूरा गर्नुपर्छ ?
यो योजना अन्तरगतको कर्जा लिन एकदमै सजिलो छ । ग्राहकले बैंकको कुनै पनि शाखा मार्फत आवेदन दिन सक्छन् । यसैगरी, व्यवसाय सम्बन्धी विवरण दिनुपर्ने र आवश्यक वित्तीय कागजात बुझाउनुपर्ने हुन्छ । फ्लोटिङ योजनामा साना कर्जाका लागि व्यवस्थापनले तयार गरेको वित्तीय विवरण र करसम्बन्धी कागजातका आधारमा पनि प्रक्रिया अगाडि बढाउन सकिने भएकाले स्वीकृति प्रक्रिया छिटो हुन्छ । यसैगरी, फिक्स टर्म लोनका लागि पछिल्ला ३ वर्षको अडिट रिपोर्ट, व्यवसायको प्रोजेक्सन, आवश्यक अन्य बैंकिङ कागजात पेस गर्नुपर्ने हुन्छ ।
धेरै ग्राहकले “बैंकले सहजै कर्जा दिँदैन” भन्ने गुनासो गर्छन्। बैंकको धारणा के छ ?
कर्जा वितरणका लागि नेपाल राष्ट्र बैंकको मापदण्ड र बैंकको आन्तरिक नीति पालना गर्नुपर्ने हुन्छ। सामान्यतया केही ग्राहकहरूले आवश्यक कागजात समयमै उपलब्ध गराउन नसक्दा प्रक्रिया लम्बिने गरेको पाइन्छ ।
ग्राहकले कर्जा लिन आउँदा बैंकले व्यवसाय निरीक्षण, धितो मूल्याङ्कन र वित्तीय विश्लेषण लगायत प्रक्रिया पूरा गरेपछि कर्जा दिन्छ । यस्तो प्रक्रिया पूरा गरेपछि ग्राहकले कर्जा नपाउने भन्ने हुँदैन । तर, डकुमेन्टको काम पुरा नभएको ग्राहकको हकमा केही समस्या भएको हुन सक्छ ।
बैंकको यो योजनाको अहिलेको ब्याजदर कत्तिको प्रतिस्पर्धी छ ?
अहिले बैंकले व्यवसायीलाई लक्षित गर्दै निकै प्रतिस्पर्धी ब्याजदरमा यो योजना ल्याइएको हो । विशेष गरी फ्टोटिङ योजनामा औसत बेसरेटमै कर्जा उपलब्ध गराइएकाले यो योजना व्यवसायीका लागि आकर्षक र प्रतिस्पर्धी बन्न पुगेको छ ।
अन्त्यमा ग्राहकलाई के सन्देश दिनुहुन्छ ?
सिटिजन्स बैंकले यो योजना सीमित अवधिका लागि ल्याएको हो । व्यवसाय विस्तार गर्न चाहने, नयाँ व्यवसाय सुरु गर्न चाहने वा आफ्नो  व्यवसायलाई थप सुदृढ बनाउन चाहने व्यवसायीलाई नजिकको शाखामा गएर यो योजनाको जानकारी लिन आग्रह गर्छु । सहज प्रक्रिया, प्रतिस्पर्धी व्यवसाय र व्यवसायमैत्री सेवाको फाइदा उठाएर व्यवसायलाई थप विस्तार गर्न ग्राहकलाई अनुरोध गर्दछु ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi