Skip to content

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले १ खर्ब निक्षेप संकलन गर्ने, कसले दिन पाउँछन् आवेदन?

nabil
global ime
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट तरलता व्यवस्थापन गर्न ६१ दिने अवधिको १०० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण निष्काशन गर्ने भएको छ।  राष्ट्र बैंकले शुक्रबार सूचना जारी गर्दै उक्त निक्षेप संकलन उपकरणका लागि आजै दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल हुने जानकारी दिएको छ ।
बोलकबोल ‘अनलाइन बिडिङ सिस्टम’ मार्फत मात्र गर्न सकिने व्यवस्था गरिएको छ। यस निक्षेपको साँवा तथा ब्याज भुक्तानी आगामी साउन ६ गते गरिनेछ। यसको ब्याजदर बोलकबोल प्रक्रियामार्फत निर्धारण हुनेछ।
राष्ट्र बैंकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सकिने जानकारी दिएको छ। उक्त बोलकबोलमा राष्ट्र बैंकबाट इजाजत प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।
सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिँदै क्रमशः रकम बाँडफाँड गरिने उल्लेख छ। समान ब्याजदरमा बढी आवेदन परेमा प्रोराटा आधारमा बाँडफाँड गरिने व्यवस्था गरिएको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T