Skip to content

सरकारले सार्वजनिक गाडीको नयाँ दर्ता रोक्का गर्ने

nabil bank

काठमाडौं । यातायात व्यवस्था विभागले देशभर नयाँ सार्वजनिक सवारी साधनहरूको दर्ता प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ ।

विभागले सातै प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयहरू र देशभरका स्थानीय तहहरूलाई पत्राचार गर्दै अर्को सूचना जारी नभएसम्मका लागि नयाँ दर्ता रोक्न निर्देशन दिएको हो ।

सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसकेको, वायु प्रदूषण अत्यधिक बढेको, सवारीको चाप र ट्राफिक जामका कारण आवागमनमा कठिनाइ उत्पन्न भएको भन्दै विभागले यस्तो निर्णय लिएको जनाएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा २४ को उपदफा (३) मा रहेको प्रावधानलाई टेकेर विभागले यो निर्णय गरेको हो। उक्त ऐनले वातावरण प्रदूषण, सवारी चाप र सडकको स्थितिलाई हेरेर सार्वजनिक हितका लागि कुनै पनि सवारीको दर्ता रोक्का गर्ने अधिकार विभागलाई दिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi