Skip to content
Prabhu

आज सेयर बजारमा सबैभन्दा बढी वृद्धि भएका शीर्ष ५ कम्पनी

 

काठमाडौं । सोमबार सेयर बजार सामान्य अंकले घट्यो । अघिल्लो दिनको भन्दा ३ दशमलव ९७ अंकले घटेर बजार बन्द भयो । सोमबार ११० कम्पनीको सेयर मूल्य मात्रै बढ्यो ।

सोमबार सेयर मूल्यमा धेरै वृद्धि हुने कम्पनीको पहिलो नम्बरमा बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड रहेको छ । यो कम्पनीको सेयर मूल्यमा ९.९८ प्रतिशतले बढेको छ । ६१ रुपैयाँले बढेको कम्पनीको सेयर मूल्य ६७२ रपैयाँमा कारोबार बन्द भएको छ । त्यस्तै सोमबार धेरै वृद्धि हुने कम्पनीमा हिमालयन लघुवित्त वित्तीय संस्था रहेको छ । यो संस्थाको सेयर मूल्य ६.९१ प्रतिशत अर्थात् ८२ रुपैयाँ ७० पैसाले बढेर १ हजार २७९ रुपैयाँ ९० पैसा भएको छ ।

त्यस्तै नेशनल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा पनि ६.०५ प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्यमा ७४ रुपैयाँ ७० पैसाले बढेर १ हजार ३०९ रुपैयाँ ७० पुगेको छ । यता ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र ज्योती विकास बैंक बन्ड २०८७ को सेयर मूल्य पनि ६.०४ प्रतिशतले बढेको छ । ग्लोबल आइएमई लघुवत्तको सेयर मूल्य ७४ रुपैयाँ ९० पैसाले बढेर १ हजार ३१५ रुपैयाँ पुगेको छ भने ज्योति विकास बैंकको बन्डको मूल्य ५९ रुपैयाँ २० पैसाले बढेर १ हजार ३९ रुपैयाँ ५० पुगेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal