Skip to content

भिजन कन्सर्न र मेटलाइफ बीच सहमतिपत्रमा हस्ताक्षर

काठमाडौं । ग्राहक तथा अभिकर्तालाई नेत्र सेवामा विशेष सुविधा प्रदान गर्ने उद्देश्यले भिजन कन्सर्न प्रालि र मेटलाइफ नेपाल बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ। यस सम्झौताअन्तर्गत मेटलाइफ लाइफ कार्डवाहक, मेटलाइफका अभिकर्ता तथा उनीहरूका परिवारका सदस्यलाई विशेष नेत्र सेवा र अप्टिकल सुविधा उपलब्ध गराइनेछ।
सहकार्यअनुसार लाभग्राहीहरूले भिजन कन्सर्नमा आँखा परीक्षण, चस्मासम्बन्धी सेवा, लेन्स तथा प्रिमियम नेत्र सेवा सामग्रीमा विशेष छुट र सुविधा प्राप्त गर्नेछन्। साथै, लाइफ कार्डवाहक र मेटलाइफ अभिकर्ताका नजिकका परिवारका सदस्यले समेत उक्त सुविधाको लाभ लिन सक्नेछन्।
दुवै संस्थाका प्रतिनिधिले यस सहकार्यले ग्राहकको स्वास्थ्य हित, स्वास्थ्य सेवामा पहुँच विस्तार तथा मेटलाइफ समुदायका लागि थप मूल्य अभिवृद्धि गर्ने साझा प्रतिबद्धता प्रतिबिम्बित गरेको बताएका छन्।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T