Skip to content

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १५२.०८ र बिक्रीदर १५२.६८ कायम भएको छ ।

साथै युरोपियन युरो एकको खरिददर १७७.०९ र बिक्रीदर १७७.७९, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर २०५.२४ र बिक्रीदर २०६.०५ तथा स्वीस फ्राङ्क एकको खरिददर १९४.६४ र बिक्रीदर १९५.४१ निर्धारण गरिएको छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर १०९.०३ र बिक्रीदर १०९.४६, क्यानेडियन डलर एकको खरिददर ११०.१० र बिक्रीदर ११०.५४, सिङ्गापुर डलर एकको खरिददर ११९.०६ र बिक्रीदर ११९.५३ कायम गरिएको छ ।

जापानी येन १० को खरिददर ९.५७ र बिक्रीदर ९.६१, चिनियाँ युआन एकको खरिददर २२.४२ र बिक्रीदर २२.५० तथा साउदी अरेबियन रियाल एकको खरिददर ४०.५३ र बिक्रीदर ४०.६९ रहेको छ ।

कतारी रियाल एकको खरिददर ४१.७२ र बिक्रीदर ४१.८८, थाई भाट एकको खरिददर चार.६८ र बिक्रीदर चार.७० तथा यूएई दिर्हाम एकको खरिददर ४१.४० र बिक्रीदर ४१.५७ तोकिएको छ ।

मलेसियन रिङ्गिट एकको खरिददर ३८.४८ र बिक्रीदर ३८.६३, दक्षिण कोरियाली वन १०० को खरिददर १०.०४ र बिक्रीदर १०.०८, स्विडिस क्रोनर एकको खरिददर १६.३९ र बिक्रीदर १६.४६ तथा डेनिस क्रोनर एकको खरिददर २३.७० र बिक्रीदर २३.७९ कायम गरिएको छ ।

केन्द्रीय बैंकका अनुसार हङकङ डलर एकको खरिददर १९.४१ र बिक्रीदर १९.४९, कुवेती दिनार एकको खरिददर ४९५.८६ र बिक्रीदर ४९७.८२, बहराइन दिनार एकको खरिददर ४०३.४० र बिक्रीदर ४०४.९९ तथा ओमानी रियाल एकको खरिददर ३९५.०१ र बिक्रीदर ३९६.५७ कायम भएको राष्ट्र बैंकले जनाएको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi