काठमाडौं । नेपाल राष्ट्र बैंकले स्थायी निक्षेप सुविधाको व्यवस्था पुनरावलोकन गरेको छ ।
राष्ट्र बैंकले आजदेखि लागू हुने गरी दैनिक स्थायी निक्षेप सुविधा उपलब्ध गराउने भएको छ ।
यसअघि बैंकले आइतबार, मंगलबार र बिहीबार उपलब्ध गराउँदै आएको स्थायी निक्षेप सुविधा अब कार्यालय खुलेको प्रत्येक दिन बैंकिङ कारोबार समय भित्र उपलब्ध गराइने छ । यसरी उपलब्ध गराइएको सुबिधाको साँवा तथा ब्याज रकम भोलिपल्ट अपरान्ह ३ बजे पश्चात् सम्बन्धित संस्थाको खातामा जम्मा गरिने केन्द्रीय बैंकले जनाएको छ ।
स्थायी निक्षेप सुबिधा बैंक तथा वित्तीय संस्थासँग अधिक तरलता भएमा १ दिनका लागि केन्द्रीय बैंकमा राख्ने व्यवस्था हो ।












प्रतिक्रिया दिनुहोस्