काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ता लिडरहरुको संगीत र हाँसोको गुञ्जन, रमाइलो पोखरामा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । पोखरामा जेठ १३, १४ र १५ गते गरी ३ दिन विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरूका साथ भव्य रूपमा सम्पन्न भएको हो । पर्यटकीय नगरी पोखरामा फेवा तालको अवलोकन, ताल बाराही मन्दिरमा भजन कन्सर्ट, चर्चित राष्ट्रिय स्तरका कलाकारहरूको बेजोड प्रस्तुतिका साथ कार्यक्रम सम्पन्न भएको हो ।
प्रभु महालक्ष्मी लाइफ इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारहरूको उपस्थितिमा भएका मनोरञ्जनात्मक कार्यक्रमले अभिकर्ता लिडरहरूलाई रिफ्रेसमेन्ट प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्। सुन्दर पोखरामा भएको कार्यक्रममा ताल बाराही मन्दिरमा भएको भजन कन्सर्टले सहभागी अभिकर्ता लिडरहरू माझ फरक स्वाद पस्किएको छ, उनले थपे।
कम्पनीमा आबद्ध करिब १ सय पचास जना भन्दा बढी अभिकर्ता लिडरहरुको उपस्थिति रहेको कार्यक्रममा पोखरा भ्रमण, ताल बाराही मन्दिरमा भजन कन्सर्ट, साङ्गीतिक साँझ तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरू हर्ष उल्लासपूर्ण वातावरणमा सम्पन्न भयो ।
कार्यक्रमको मुख्य आकर्षण प्रसिद्ध कलाकार लोकप्रिय गायिका समीक्षा अधिकारी, गायक प्रकाश सपुतको साङ्गीतिक प्रस्तुति र संदिप क्षत्रीको उद्देश्य सहितको हाँसोको प्रस्तुतिले कार्यक्रमको रौनक थपिएको थियो । साथै पोखराकै प्रसिद्ध भजन समूहले ताल बाराही मन्दिर परिसरमा भजन प्रस्तुत गरेका थिए ।
कार्यक्रमको अन्त्यमा धन्यवाद व्यक्त गर्दै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले भजन, गीत संगीत र हाँसोको गुञ्जनले सहभागी अभिकर्ता लिडरहरुको भरपुर मनोरञ्जन प्राप्त भएको विश्वास व्यक्त गरे ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले अभिकर्ताहरूलाई निरन्तर रूपमा विभिन्न प्रकारका मोटिभेसनल, रिफ्रेसमेन्ट, सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रमहरू उत्कृष्ट रूपमा गर्दै आइरहेको छ ।












प्रतिक्रिया दिनुहोस्