Skip to content

थाइल्यान्डबाट पक्राउ परिन् चर्चित टिकटकर तुलसी अधिकारी

काठमाडौं । चर्चित टिकटकर तुलसी अधिकारीलाई प्रहरीले थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार उनलाई शनिबार राति काठमाडौं ल्याइएको हो।

अधिकारीविरुद्ध २०८२ चैतमा ६ करोड ५२ लाख २९ हजार रुपैयाँ बिगो दाबी गर्दै सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा अधिकारीसहित १० जना प्रतिवादी रहेका छन्।

ललितपुरका एक व्यवसायीले दिएको जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। जाहेरीकर्ताले अधिकारीले आफूलाई बलात्कार मुद्दामा फसाउने धम्की दिँदै लामो समयसम्म ब्ल्याकमेल गरेको आरोप लगाएका छन्।

व्यवसायीको दाबी अनुसार ब्ल्याकमेलिङमार्फत अधिकारीले ४ करोड ५० लाख रुपैयाँ बराबरको नगद तथा जिन्सी सामान लिएकी थिइन्।

प्रहरीले अधिकारीलाई नेपाल ल्याएर थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima