Skip to content

मानवअधिकार आयोगका प्रतिवेदन अध्ययन गरी कारबाही प्रक्रिया अघि बढाउँछौंः प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेल शाहले राष्ट्रिय मानवअधिकार आयोगलगायत विभिन्न आयोगहरूले विगतका विभिन्न आन्दोलन, प्रदर्शन तथा घटनासम्बन्धी बुझाएका सबै प्रतिवेदनको अध्ययन गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउने बताएका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । उनलाई कांग्रेस सांसद अर्जुनरसिंह केसीले जेनजी आन्दोलनको प्रतिवेदनबारे प्रश्न राखेका थिए ।
प्रधानमन्त्री शाहले मानवअधिकार आयोगले हालै बुझाएको प्रतिवेदन मात्र नभई विभिन्न कालखण्डमा भएका आन्दोलन, प्रदर्शन, र्‍याली तथा ती क्रममा भएका घटनासम्बन्धी अनेकौँ प्रतिवेदन सरकारसमक्ष रहेको उल्लेख गरे।
उनले विभिन्न समयमा गठन भएका आयोग तथा छानबिन समितिहरूले सरकारलाई बुझाएका प्रतिवेदनहरू पनि अध्ययनको दायरामा रहने स्पष्ट पारे।
उनका अनुसार सरकारले कुनै एक प्रतिवेदनलाई मात्र केन्द्रमा नराखी विगतदेखि हालसम्म प्राप्त भएका सबै प्रतिवेदनलाई समग्र रूपमा अध्ययन गर्नेछ। अध्ययनपछि प्राप्त निष्कर्षका आधारमा सरकारले आवश्यक निर्णय तथा कानुनी कारबाही प्रक्रिया अघि बढाउने उनले बताए।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T